SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०३:५३ PM · 1 मिनेट पढाइ

बुटवल सोसल ग्रुपद्वारा चिडियाखोला बाल विकास केन्द्रमा सहयोग

बुटवल, ११ असोज । सामाजिक क्षेत्रमा अग्रसर बुटवल सोसल ग्रुपले बुटवलको एक बाल विकास केन्द्रलाई सहयोग हस्तान्तरण गरेको छ । ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित चिडियाखोला बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकाहरूलाई करिब २८ हजार रुपैयाँ बराबरको अत्यावश्यक सामान हस्तान्तरण गरेको हो ।