SHARE
कालिका खबर · मङगलबार ३० भौ २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

आइतबारको सार्वजनिक बिदा खारेज गरौं : राप्रपा सांसद भाट

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण विशेषगरी शैक्षिक संस्थाहरूको अध्ययन-अध्यापन गम्भीर रूपमा प्रभावित भएको बताएका हुन्। आइतबारको बिदा कसैका लागि पनि फलदायी नभएको उल्लेख गर्दै उनले यसलाई तत्काल खारेज गरी सातामा पूर्ववत् एक दिन (शनिबार) मात्र बिदा दिने व्यवस्था कायम गर्न आग्रह गरे। “शैक्षिक संस्थादेखि सबै क्षेत्रमा यसले नकारात्मक असर पारिरहेको छ।