SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०६:१२ AM · 1 मिनेट पढाइ

ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन

काठमाडाैँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा गत असार २८ गते बुटवलमा सञ्चालक समितिका अध्यक्ष भरतराज कोइरालाको अध्यक्षतामा सम्पन्न भएको छ। सभा भौतिक तथा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो। सभामा संस्थापक तथा सर्वसाधारण समूह गरी ६३ जना शेयरधनीको ६२.७८ प्रतिशत शेयर प्रतिनिधित्व रहेको संस्थाले जनाएको छ।