SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०६:३४ AM · 1 मिनेट पढाइ

चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने

काठमाडौँ, २ साउन। विकासका कार्यक्रमको प्रगति सुनिश्चित गर्न सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ, जसअनुसार सरकारी निकायले पुस महिना सम्म ३० प्रतिशत र चैत महिनासम्म कम्तीमा ५० प्रतिशत विकास खर्च गर्नु पर्नेछ। यस खर्चको अनुपालन नभएमा सरकारी भुक्तानी रोक्ने चेतावनी पनि दिइएको छ।