SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०७:२८ AM · 1 मिनेट पढाइ

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं, २ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका-३ स्थित भूपति चोकमा गत राति भएको मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ। ३५ वर्षीया शोभा सिग्देल गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस दुर्घटनामा परी तीन अन्य व्यक्ति पनि घाइते भएका छन्।