SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ११:४१ PM · 1 मिनेट पढाइ

दसैं नजिकिँदै गर्दा रुपैडिहामा भीड, नेपालगञ्ज सुनसान

नेपालगञ्ज, ९ असोज । दसैं नजिकिँदै जाँदा नेपालगञ्जका बजारमा अपेक्षित चहलपहल नदेखिए पनि सीमावर्ती भारतीय बजार रुपईडिहामा भने किनमेल गर्ने उपभोक्ताको थेगिनसक्नु भीड छ । पर्व लक्षित कपडा, खाद्यान्नदेखि घरायसी सामानसम्मका थोक र खुद्रा पसलमा उपभोक्ताको घुइँचो देखिन्छ । नेपालगञ्जको बजारमा छिटफुट ग्राहक मात्र देखिँदा रुपईडिहाको बजार भने खचाखच छ ।