SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ११:५० PM · 1 मिनेट पढाइ

पत्रकार महासंघ बाँकेले ल्यायो वेबसाइट सञ्चालनमा

नेपालगञ्ज, ९ असोज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नो आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ । शाखाको नेपालगञ्ज–४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालयमा बुधबार आयोजित चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उक्त वेबसाइटको शुभारम्भ गरिएको हो ।