SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ ११:५८ PM · 1 मिनेट पढाइ

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजा तथा आराधना गरिँदै

बुटवल, ९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिनमा आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठामा देवी भवानी कुष्माण्डा माताको पूजा–आराधना भव्य रूपमा गरिन्छ । पौराणिक मान्यताअनुसार सम्पूर्ण ब्रह्माण्डमा व्याप्त जीवित तथा निर्जीव तत्त्व सबै देवी कुष्माण्डाकै कृपाले उत्पन्न भएको हो। सृष्टिको आरम्भ यिनै माताको शक्तिबाट भएको विश्वास गरिन्छ।