SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०२:१७ AM · 1 मिनेट पढाइ

सुशासनतर्फको यात्रामा एक कदम अगाडि 

अन्तरिम सरकारले सांसदसहित राजनीतिक पदाधिकारीहरूका स्वकीय सचिवको सुविधा खारेज गरेर स्वागतयोग्य काम गरेको छ । मुलुक पुनर्निर्माणको अभियान सुरु गर्नुपर्ने बेला सरकारमाथि निर्वाचन गर्नुपर्ने ठुलो जिम्मेवारी छ । त्यसका लागि ठुलो धनराशि खर्च गर्नुपर्ने अवस्थामा सरकारले खर्च कटौतीको निर्णय गरेर सुशासनतर्फको यात्रामा आफूलाई एक कदम अघि बढाएको छ ।