SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०३:१० AM · 1 मिनेट पढाइ

बडादसैँ, बलीको सन्दर्भ र बाँदर प्रवृत्ति 

हामी आम नेपालीहरूको राष्ट्रिय पर्व दसैँको सुरुवात भइसकेको छ । परापूर्व कालदेखि नेपालमा बस्ने हामी सबै आदिवासी मूलवासी, वनवासी सबैले धुमधासँग दशैँ पर्व मनाउँदै आएका छौँ । हिन्दु धर्मावलम्बीहरूको चाड भनेर कसैले हिन्दु शब्दलाई सङ्कुचित पार्न खोज्दछन् । तर, हामी यहाँ बसोबास गर्ने वैदिक बौद्ध र किराँत सबै हिन्दु नै हौँ ।