विजया दशमीका दिन बाहेक अन्य दिनमा अध्यागमन विभाग खुला रहने
काठमान्डौ, ९ असोज । अध्यागमन विभागले दशैँको अवधिमा विजया दशमीका दिन बाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा सञ्चालन गर्ने भएको छ । विभागका अनुसार असोज १६ गते विजया दशमीका दिन मात्र सेवा बन्द रहनेछ भने अन्य सार्वजनिक बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध गराइनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
