SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०५:२० AM · 1 मिनेट पढाइ

प्राधिकरणले आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने

काठमान्डौ, ९ असोज । दसैँ, तिहार, छठलगायतका चाडपर्वमा यात्रुहरूको चापलाई व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई आवश्यक थप उडान अनुमतिका लागि सहजीकरण गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणका पदाधिकारीसहित सरोकारवालाको उपस्थितिमा बुधबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बसेको छलफलमा यस्तो निर्णय गरिएको हो ।