SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०५:४६ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगको बैठक बस्दै, मतदाता नामावली संकलन खुलाउने तयारी

काठमान्डौ, ९ असोज । निर्वाचन आयोग आज बैठक बस्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आजको बैठकले मतदाता नामावली संकलन खुलाउने निर्णय हुनेछ । सरकारले बुधबार मतदाता नामावली खुलाउने उद्देश्यसहित अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशको कार्यान्वयन गर्दै आयोगले आज दिउँसो बैठक बसेर मतदाता नामावली संकलन सुरु गर्ने विषयमा औपचारिक निर्णय गर्नेछ ।