SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०६:२० AM · 1 मिनेट पढाइ

तोलामा १ हजार ७०० ले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमान्डौ, ९ असोज । लगातार चार दिनसम्म बढ्दो क्रममा रहेको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार ७०० रुपैयाँले घटेर दुई लाख २१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य तोलामा दुई लाख २३ हजार रुपैयाँ थियो ।