रूपन्देहीमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु
रूपन्देही, ९ असोज । बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित सडकमा बुधबार राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । घटनास्थलमा लु ५१ प ९४१४ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा देवदह नगरपालिका–१० भलुही बस्ने ३८ वर्षीय विद्या शाही रहेको प्रहरीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
