SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

नवलपरासीमा प्रहरीको सुरक्षा योजना : यात्रु सहायता कक्ष सहित पेट्रोलिङ टिम परिचालन 

नवलपरासी,पश्चिम् ।  जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले चाडपर्व नजिकिए सँगै थप सुरक्षा व्यवस्था मजबुत बनाउन नागरिक सहायता कक्षको स्थापना गरेको छ । प्रहरीले बर्दघाटस्थित टिसिएन चोक, भूमही, परासीको बाइपास चोक र सीमा क्षेत्रको महेशपुरमा यात्रु र नागरिक सहायता कक्ष स्थापना गरेको हो ।