SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

मन्त्री घिसिङद्वारा पुनर्निर्माण कोषमा योगदानका लागि सर्वसाधारणलाई आह्वान

 काठमाडौँ, ९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सर्वसाधारण, सङ्घसंस्था र निजी क्षेत्रलाई आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति पनि गठन गरिसकेको छ ।