SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

नेप्से २.३५ अंकले घट्दा कारोबार रकम पनि घट्यो

 काठमाडौं, ९ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर ३ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबारमा उल्लेखनीय कमी आएको हो ।