SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०९:५९ AM · 1 मिनेट पढाइ

मन्त्री महावीर पुनले कार्यकक्षबाट ‘माननीय’ शब्द हटाए

 काठमाडौं, ९ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको बोर्डबाट ‘माननीय’ शब्द हटाएका छन् । सामान्यतः मन्त्रालयका कार्यकक्षमा मन्त्रीको नाम, भित्र–बाहिरको जानकारी र व्यस्तताको स्थिति उल्लेख हुने बोर्ड राखिन्छ । सोही बोर्डमा मन्त्रालयका कर्मचारीले डा. पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए ।