SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ १०:३३ AM · 1 मिनेट पढाइ

सुपर टाइफुनका छालाबिच शान्त रूपमा बसेका यी व्यक्ति को हुन् ?

काठमाडौँ । शक्तिशाली आँधी सुपर टाइफुन रगासाको चपेटामा परेको हङकङबाट एक अनौठो र डरलाग्दो तस्बिर भाइरल भएको छ । साउथ चाइना मर्निङ पोस्टका फोटोग्राफर एल्सन लीले खिचेको उक्त तस्बिरले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ । यो तस्बिर सामान्य देखिए पनि यसको पृष्ठभूमि अत्यन्तै खतरनाक छ ।