SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ १०:५० AM · 1 मिनेट पढाइ

भारत र पाकिस्तानले दिए एकअर्काका खेलाडीविरुद्ध आईसीसीमा उजुरी

काठमाडौँ । भारत र पाकिस्तानबिचको क्रिकेट मैदानमा देखिएको तनाव अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सम्म पुगेको छ । दुबै देशले एक अर्काका खेलाडीविरुद्ध आइसिसीमा औपचारिक उजुरी दिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पाकिस्तानका खेलाडी हरिस रउफ र साहिबजादा फरहानविरुद्ध उजुरी दिएको हो ।