SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ १२:२७ AM · 1 मिनेट पढाइ

मौसम सामान्यतया सफा, केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति मौसम सामान्यतया सफा रह्यो । रुकुममा मध्यम वर्षा भए पनि अरु ठाउँमा खासै पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।