SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०२:४१ AM · 1 मिनेट पढाइ

युवाको पहलमा भजन पुस्तान्तरणको अभ्यास

बुटवल, १० असोज । मेरा नी दिपासनी दुर्गा भवानी.. दर्शन दिनुस् हामीलाई पिरै नमानी….. एक जना युवा हातमा लिएको खैँजडी बजाउँदै सुरुवात हुन्छ । छेवैमा बसेका अन्य युवा तथा पाका पुस्ताले भाकामा भाका मिलाउँदै अगाडी बढ्छन् । कसैले खैँजडी, कसैले मजुरा, कसैले मादल त कसैले छिङ्ग छिङ्ग बजाउँछन् ।