SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०३:३६ AM · 1 मिनेट पढाइ

गाजाका लागि ट्रम्पको २१ बुँदे शान्ति योजना सार्वजनिक

 काठमाडौं, १० असोज । अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा शान्ति कायम गर्न नयाँ २१ बुँदे योजना अघि सारेका छन् । वासिङ्टनले सार्वजनिक गरेको उक्त योजना अरब तथा मुस्लिम मुलुकका नेताहरुलाई बुझाइएको छ । समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यस योजनाबारे जानकारी दिइएको छ ।