SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०६:४८ AM · 1 मिनेट पढाइ

ट्रम्पद्वारा औषधि आयातमा १०० प्रतिशत भन्सार शुल्कको घोषणा

काठमान्डौ, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राण्डेड र पेटेन्टेड औषधि आयातमा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यो निर्णय आगामी अक्टोबर १ देखि लागू हुने ट्रम्पले जानकारी गराएका छन् । ट्रम्पले अमेरिकी नागरिकका लागि औषधि मूल्य घटाउने वाचा गरे पनि औषधि निर्यातकर्ता देशहरूमाथि कडा कर लगाउने कदम चालिरहेका छन् ।