SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०७:०५ AM · 1 मिनेट पढाइ

मानव बेचबिखन विरुद्ध शुभ अवसर ग्राम नेपालको प्रभावकारी हस्तक्षेप

भैरहवा, १० असोज । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सक्रिय रहेको शुभ अवसर ग्राम नेपाल परियोजनाले आर्थिक वर्ष २०८१÷०८२ मा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । परियोजनाले सीमावर्ती क्षेत्रहरूमा निगरानी, उद्धार, पुनःस्थापना, परामर्श, सीप विकास, कानुनी सहायता लगायतका गतिविधि सञ्चालन गरी सयौं पीडितहरूलाई सेवा पु¥याएको छ ।