SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं, २ साउन । शनिबार रातिदेखि नेपालमा मनसुन सक्रिय हुँदै भारी वर्षा सुरु हुने मौसमविद्‌हरूले पूर्वानुमान गरेका छन्। भारतको उत्तरप्रदेशमा सक्रिय रहेको मनसुनी रेखा नेपालतर्फ सर्दै गर्दा शनिबार रातिदेखि सोमबारसम्म देशभर व्यापक वर्षा हुने प्रक्षेपण गरिएको हो।