SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सेवा प्रदायकलाई सरकारको निर्देशन

काठमान्डौ, १० असोज । सरकारले दशैँ, तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको अवसरमा पारेर भाडादर वृद्धि नगर्न सचेत गराइएको बताए ।