SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०८:३३ AM · 1 मिनेट पढाइ

मैत्रीपूर्ण खेलमा आयोजक जी–२५ र पत्रकार महासंघ विजयी

बुटवल, १० असोज । बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा भएको पहिलो खेलमा ट्वान्टी फाईभ क्लब, बुटवल र नेपाल पत्रकार महासंघ रुपन्देही टिम विजयी भएका छन ।