SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०८:४२ AM · 1 मिनेट पढाइ

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त

काठमान्डौ, १० असोज । अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा नेपाल बिमा प्राधिकरणका नयाँ अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज शपथ लिएका शर्मा मन्त्रिपरिषद्को असोज ९ गतेको निर्णयअनुसार नियुक्त भएका हुन् र उनले आजै कार्यभार सम्हाल्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।