SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०८:५१ AM · 1 मिनेट पढाइ

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

काठमान्डौ, १० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस) सम्बन्धी सबै सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ । विभागले शुक्रबार प्रकाशित सूचना अनुसार,भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएपछि प्रणालीमा समस्या आएको हो ।