सालकको खपटा सहित एकजना पक्राउ
बर्दिया, १० असोज । दुर्लभ सालकको खपटासहित एक जना मानिस पक्राउ परेका छन् । गुलरिया नगरपालिका वडा ५ बालापुर बस्ने ४७ वर्षीया किशोरीलाल थारू सालकको खपटासहित पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले थारूको घरमा लुकाई छिपाई राखेको तीन किलो ९९० ग्राम सालकको खपटा फेला पारेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
