SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

पूर्व राजनीतिक नेता तथा पदाधिकारीलाई दिइएका अतिरिक्त सुविधा कटौती

काठमान्डौ, १० असोज । नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिइँदै आएका अतिरिक्त सुविधा कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले गृह तथा रक्षा मन्त्रालयलाई पत्राचार गरी तत्काल कार्यान्वयनका लागि निर्देशन दिएको हो ।