SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ११:०९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीसँग जेन–जी अभियन्ता मिराज ढुंगानाको भेट

काठमान्डौ, १० असोज । जेन–जी आन्दोलनका चर्चित अभियन्ता मिराज ढुंगाना शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेटघाट गरेका छन् । सामाजिक सञ्जालमार्फत जेन–जी आन्दोलनको तयारीमा सक्रिय देखिएका ढुंगाना आन्दोलन सुरु हुनु अघिल्लो दिन दुर्गा प्रसाईँलाई भेट्न गएको घटनापछि विवादमा तानिएका थिए ।