SHARE
बुटवल टुडे · शुक्रबार​ १० असो २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

ए लेभलतर्फ शम्भु र मोहनको जोडी प्रथम

बुटवल १० असौज । बुटवल ब्याडमिन्टन क्लबले विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४५ तथा छठ पर्वको पावन अवसरमा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । क्लबको आयोजनामा भएको उक्त कार्यक्रममा क्लबका सदस्यहरूबीच पारस्परिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको कार्यक्रमका संयोजक तथा क्लबका तृतीय उपाध्यक्ष भानु केसीले बताए ।