SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ १२:२२ AM · 1 मिनेट पढाइ

मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।