SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०२:१५ AM · 1 मिनेट पढाइ

दसैँका यात्रीलाई सडकको सास्ती

मुग्लिङ नारायणगढ सडक आईतबार साँझ ४८ घण्टापछि बल्लबल्ल खुल्यो । अहिले उक्त सडक खण्डमा एकतर्फी यातायात चलिरहेको छ । त्यसमाथि सोमबार दिउँसो तीन घण्टा बन्द भयो । बर्षायाममा नेपालका सडकका कारण यात्रुले पाउने सास्तीको यो सानो उदाहरण मात्रै हो । देशका धेरै सडकको अवस्था नाजुक छ । सवारीका साधन हिँडन नमिल्ने अवस्थामा छन् । त्यसमा अहिले दशैं नजिक आईसकेको छ ।