SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०२:४७ AM · 1 मिनेट पढाइ

बुद्ध शिक्षा र द्वन्द्व समाधानको साक्षी रोहिणी नदी

राप्ती नदीको सहायकका रूपमा बहिरहेको रोहिणी नदी आजभन्दा २५०० वर्षअघि पनि थियो भन्ने कुरा बौद्ध ग्रन्थहरूमा उल्लेखित छ । ती ग्रन्थहरूमा यो नदीलाई प्राचीन शाक्य र कोलिय राज्यबीचको सीमारेखामात्रै थिएन, ती दुई राज्यहरूको जीवनरेखा पनि थियो । यसले दुवै राज्यका कृषियोग्य भूमिहरूलाई सिञ्चित गथ्र्यो । सुत्तनिपातमा ‘उभतो हरियमानं’ (हरियालीपूर्ण दुई किनार) भनी वर्णन गरिएको छ ।