SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०६:४१ AM · 1 मिनेट पढाइ

निर्वाचन ऐन संशोधनका लागि गृह मन्त्रालयको अध्यादेश तयारी

काठमान्डौ, ७ असोज । गृह मन्त्रालय निर्वाचन ऐन संशोधनका लागि अध्यादेश ल्याउने गृहकार्यमा जुटेको छ । यसअघि नै निर्वाचन आयोगले १६ वर्ष उमेर पुगेकालाई मतदान अधिकार दिने प्रस्ताव सरकारलाई पठाइसकेको थियो । आयोगको सो प्रस्तावलाई आधार बनाएर मन्त्रालयले ऐन संशोधन अघि बढाउने तयारी गरेको हो ।