SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०६:५७ AM · 1 मिनेट पढाइ

पाकिस्तानमा बाढी–पहिरोका कारण मानवीय संकट

काठमान्डौ, ७ असोज । पाकिस्तानमा लगातारको मनसुनी वर्षा र त्यसपछिका बाढी–पहिरोका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार असारदेखि हालसम्म ६० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । स्थानीय राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका तथ्याङ्कअनुसार १ हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ ।