SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०७:४६ AM · 1 मिनेट पढाइ

दुई सातापछि कारागार फर्किए टोपबहादुर रायमाझी

 काठमाडौं, ७ असोज । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी दुई सातापछि कारागार फर्केका छन् । जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी मंगलबार पुनः कारागार फर्किएको सुन्धारा कारागार स्रोतले जनाएको छ । रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए ।