गृहसचिवमा दंगाल नियुक्त, दुवाडीको पदोन्नति योजना आयोगमा
काठमाडौं, ७ असोज । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिएको छ । जेनजी आन्दोलनको दमनमा संलग्न भएको आरोप लागिरहेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर दंगाललाई उक्त जिम्मेवारी दिइएको हो । दंगाल यसअघि रक्षासचिवको जिम्मेवारीमा कार्यरत थिए । उनी गृह प्रशासनमै लामो समयदेखि कार्यरत रहँदै आएका ‘क्याडर’ अधिकारी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
