SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईँद्वारा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा

काठमाडौं ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै, छठ पर्वपछि आन्दोलन सुरु गर्ने जानकारी दिए ।