SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ १०:१० AM · 1 मिनेट पढाइ

जवाङखोलाको पहिरो हटाइएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं, ७ असोज ।धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा–मुग्लिन सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । मंगलबार बिहान करिब ५:४० बजे खसेको पहिरोका कारण नागढुंगा–मुग्लिन सडक अवरुद्ध भएको थियो । त्यसका कारण सवारी साधनहरूको लामो जाम लागेको थियो र यात्रुहरू अलपत्र परेका थिए ।