SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

नेपाली महिला टिम भारतसहित तीन देशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतसहित तीन देशसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अक्टोबर र नोभेम्बर महिनामा यी खेलहरू तय भएको जानकारी दिएको हो । नेपालले भारतसँग अक्टोबर २६ मा सिक्किममा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।