SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ११:३५ AM · 1 मिनेट पढाइ

वडा नं. ११, १३ र १ विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश

बुटवल, ७ असोज । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा सुरु भएको वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगितामा वडा नं. ११ ले विजयी सुरुवात गरेको छ । देविनगरस्थित एन्फा खेलमैदानमा भएको उद्घाटन खेलमा वडा नं. ८ माथि ४–० को जित निकाल्दै वडा नं. ११ दोस्रो चरणमा प्रवेश गरेको हो ।