SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा असईको हत्या आरोपी अर्का व्यक्ति पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन रामको हत्या आरोपी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो। किराना पसल सञ्चालक समेत रहेका पौडेलले आन्दोलनकारीलाई उस्काएर लाठीले हानेर असई रामको हत्या गराएका थिए। उनले भीडलाई उस्काएर सडकमै कुटीकुटी हत्या गरेको आरोप छ।