SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०१:२६ PM · 1 मिनेट पढाइ

तुइनखोलामा खस्यो ठूलो पहिरो, अन्य सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो खसेको छ। पहिरो साँझ ५ बजे आसपास खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको र सडक खुलाउन कति समय लाग्छ भन्ने सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ। त्यस्तै कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ।