SHARE
बुटवल टुडे · मङगलबार ७ असो २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलन र एमालेको अवको बाटो

१. आन्दोलनको पृष्ठभूमि र प्रभाव नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले असाधारण परिस्थिति सिर्जना गर्यो। मुलुकमा व्याप्त भ्रष्टाचार, सार्वजनिक सेवा प्रवाहमा रहेको बेथिति तथा नेताहरूको कार्यशैली र जीवनशैलीप्रतिको आक्रोश जेन–जेड आन्दोलनमार्फत मुखरित भयो। आन्दोलनका क्रममा पहिलो दिन १९ जनाको मृत्यु भयो भने ४०० भन्दा बढी युवाहरू घाइते भए। स्कुल ड्रेसमा रहेका विद्यार्थीको हत्याले सारा नेपालीलाई भावविह्वल बनायो।