SHARE
बुटवल टुडे · बुधबार ८ असो २०८२ १२:४२ AM · 1 मिनेट पढाइ

नवरात्रको तेस्रो दिन: माता चन्द्रघण्टाको पूजा गरिँदै

बुटवल, ८ असोज । शारदीय नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टा देवीको भक्ति भावमा साथ हिन्दुधर्मावलम्बीहरुले पूजा तथा आराधना गर्दछन् । शालीन रूपकी धनी माता चन्द्रघण्टालाई सुगन्ध प्रिय लाग्दछ ।  चन्द्रघण्टाको पूजा तथा आराधना गर्नाले सबै प्रकारका सङ्कट, दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ ।